२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

दाङको बेलझुण्डीको गौशालामा १ दर्जन भन्दा बढी गाईहरु मरे

Logo
प्रकाशित आइतबार, माघ २३, २०७८

(तेज वली)
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेसन केन्द्रमा राखिएका दर्जन बढी गाईहरु एकै दिन मरेका छन् ।

शुक्रबार १४ गाई र शनिबार थप एउटा गाई गरि दुई दिनको अबधिमा १५ वटा गाई मरेको पाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

प्रजिअ रेग्मीसहितका अधिकारीहरु गाई मरेको खवरपछि आइतबार संरक्षण केन्द्रमा स्थलगत अनुगमन गर्न गएका छन् ।

त्यस्तै पशु सेवा कार्यालय घोराही र तुलसीपुरका पशु प्राबिधिकहरु आएर मरेका गाईहरुको पोष्टमार्टम गर्ने कार्य चलिरहेको छ ।

संरक्षण केन्द्रका अध्यक्ष अनिल बिष्टले लगातार दूई दिन सम्म परेको असिना पानीका कारण चिसोले गर्दा गाईहरु मरेको हुन सक्ने बताए ।

तर, स्थानीय एक जना ब्यक्तिले भने संरक्षण केन्द्रका नाममा गाईहरु जथाभावी ल्याएर हुल्ने, खाने कुरापनि नदिने, घाम पानी बाट जोगाउने उचित प्रबन्ध पनि नगरिएको हुँदा गाईहरु मरेको भन्दै आलोचना गरे ।

अध्यक्ष विष्टले घाँस परालको अभाव भएको स्वीकार गरे । गाई संरक्षण केन्द्रलाई तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाले जनही पाँच÷पाँच लाख गरि दश लाख आर्थिक साहेता गरेका छन् ।

यो गाई संरक्षण केन्द्र भदौ १४ गते कृष्ण जन्माअष्टमीको दिन उद्घाटन गरिएको हो । छाडा चौपाया संरक्षण गर्ने उदेश्यले केन्द्र स्थापना गरिएको हो । नेपाल संस्कृत बिश्वविद्यालयको ४५ बिगाहा जग्गा बार्षिक ९ लाख ६३ हजार दिने सर्तमा तीन बर्षका लागि जग्गा भाडामा लिइएको छ । अध्यक्ष बिष्टका अनुसार त्यसमा बार्षिक दश प्रतिसत बृद्ध सर्त छ ।

त्यही खुल्ला चौरमा ४० मिटर लम्बाई र २४ मिटर चौडाईको ट्रष्ट निर्माण गरिएको छ । वरिपरी खुल्ला ठाउँमा माथिबाट जस्ता पाता लगाइएको अध्यक्ष बिष्टले जानकारी दिए ।
अध्यक्ष बिष्ट आँफैले उक्त ट्रष्टमा दुई सय जति गाई मात्रै अट्न सक्ने क्षमता रहेको बताए । जहाँ अहिले साढे तीन सय जति गाईहरु राखिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!