२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ एसपी काफ्लेको अब्बल अनुसन्धान पछी ठुलो परिमाण चरेससहित २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, माघ २४, २०७८

(सागर थापा)
दाङ । पूर्वी रूकुमको चुनावाङका
दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको अब्बल अनुसन्धान पछी दाङ प्रहरीले ठुलो परिणाम चरेससहित २ जना पक्राउ गरेको छ । चरेसको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले बिकलाई पक्राउ गरेको हो । प्रहरीले बिकलाई चरेससहित घोराही बसपार्कबाट समातेको जनाएको छ ।
हाल घोराही उप-महानगरपालीका वडा नं. १४ बसपार्कमा डेरा कोठा गरी बस्ने वर्ष ५० को कामीले आफ्नो डेरा कोठामा लागु औषध (चरेश) लुकाई छिपाई राखेका छन भन्ने गोप्य सुचनाको आधारमा कार्यालयवाट खटिएको सिबिल प्रहरी टोलीले कामी बस्ने डेराकोठा खानतलासी गर्ने क्रममा उक्त कोठाबाट उनले लुकाएको प्लाष्टिकको बोरा भित्र हरियो पोलिथिन व्यागमा कार्टुन टेपले बेरी लाम्चो चेप्टो पोका बनाएको अवस्थामा १६ (पिस) तत्काल डिजिटल तौल मेसिनमा तौल गर्दा ७ के.जी. ७७९ ग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ तथा फोन कल विश्लेषणका आधारमा उक्त लागु औषध (चरेस) कारोबारमा संलग्न जिल्ला रुकुम(पुर्व) भुमे गाँउपालिका वडा नं. ९ घर भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं.१८ गिठेपानी बस्ने वर्ष ५९ को कर्ण बहादुर पुनलाई समेत पक्राउ गरी दुबै जना उपर आवश्यक अनुसन्धान भईरहेको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]