२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सिभिल बैंकको आठ करोड कसरी डुब्यो?

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । इच्छाराज तामाङका कारण सिभिल बैंकसमेत समस्यामा परेको छ । तामाङले बैंकको तीन करोड भन्दा धेरै ऋण डुबाएका छन् । तर, यस विषयमा कतै छानबिन भएको छैन ।

सिभिल सहकारीमा भएको अनियमितताको धक्का सिभिल बैंकसम्म पुगेको हो । सिभिल बैंकको ७० प्रतिशत लगानी गरेको सिभिल क्यापिटलले ११ करोड रुपैयाँ सहकारीमा राखेको थियो । जुन पैसा कम्पनीले फिर्ता पाउन सकेको छैन । जसकारण बैंकको करिब ८ करोड रुपैयाँ प्रत्यक्ष रुपमा डुब्ने अवस्थामा पुगेको हो ।

तामाङकी श्रीमती सिर्जना तामाङ क्यापिटलको अध्यक्ष रहेका वेला सो रकम सहकारीमा जम्मा गरिएको थियो । सिर्जना तामाङ १५ मंसिर ०६५ देखि ४ पुस ०७४ सम्म सिभिल क्यापिटलको अध्यक्ष थिइन् । हाल उनी सञ्चालक समिति सदस्य मात्र छिन् । सहकारीको ठगीमा उनी पनि अभियुक्त हुन् । तर, उनलाई सञ्चालकबाट हटाइएको छैन । बैंकको लगानी रहेको कम्पनीसमेत आफ्ना निजी कम्पनी जसरी इच्छाराजले चलाएको, जसका कारण अहिले सिभिल क्यापिटलसमेत समस्यामा परेको बैंकका कर्मचारी बताउँछन् ।

सिभिल क्यापिटलले यसबारे प्रहरीमा उजुरी दिएको छैन । नेपाल राष्ट्र बैंकले समेत यसमा चासो दिएको छैन । प्रहरीमा उजुरी गरे सिभिल क्यापिटलका धेरै जना जेल जाने अवस्था भएकाले उजुरी नदिइएको स्रोत बताउँछ । सो प्रकरण भित्रभित्रै सेटल गर्ने प्रयास भइरहेको छ । आफुले पैसा फिर्ता गर्ने भन्दै सिर्जना तामाङले उजुरी नदिन दबाब दिएकी छिन् । तामाङले सो कम्पनीमा पनि आफ्ना विश्वासपात्रलाई मात्र सञ्चालक र व्यवस्थापनमा राखेकाले नियमविपरीत सहकारीमा पैसा राखेर हिनामिना भएको हो ।सिआइबीले इच्छाराज तामाङलाई पक्राउ गर्दा उनी बैंकका अध्यक्ष थिए । पक्राउ परेपछि प्रतापजंग पाण्डे अध्यक्ष भएका छन् । तर, तामाङलाई सञ्चालकबाट हटाइएको छैन । डिल्लीबजार जेलबाटै उनले बैंकको सञ्चालक बनेर भत्ता लिइरहेका छन् ।

उनको कारण सिभिल क्यापिटल डुब्ने अवस्थामा पुगेको छ । २५ करोड २५ लाख चुक्ता पुँजी भएको सिभिल क्यापिटलमा बैंकको ७० तथा संस्थापक प्रमोटरको १५ र बाँकी १५ प्रतिशत सर्वसाधारणको सेयर छ । मर्चेन्ट बैंकिङ कारोबारको उद्देश्यले यो कम्पनी ०६६ मा स्थापना भएको हो । यति गम्भीर विषयमा राष्ट्र बैंकले समेत अनुसन्धान नगर्नुलाई आश्चर्य मानिएको छ । यस्ता अनियमितताका कारण सिभिल बैंक निकै कमजोर बन्न पुगेको छ ।

उता, तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । दुई निकायबाट मुद्दा दायर भए पनि सिभिल सहकारीका पीडितले तत्काल न्याय पाउने अवस्था देखिएको छैन । उनका कतिपय सम्पत्ति बैंकले नै रोक्का राखेको छ । तामाङले सिभिल हाउजिङ बेचेको करोडौं सम्पत्ति विदेशमा लुकाएको आशंका गरिएको छ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!