२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सिभिल बैंकको आठ करोड कसरी डुब्यो?

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । इच्छाराज तामाङका कारण सिभिल बैंकसमेत समस्यामा परेको छ । तामाङले बैंकको तीन करोड भन्दा धेरै ऋण डुबाएका छन् । तर, यस विषयमा कतै छानबिन भएको छैन ।

सिभिल सहकारीमा भएको अनियमितताको धक्का सिभिल बैंकसम्म पुगेको हो । सिभिल बैंकको ७० प्रतिशत लगानी गरेको सिभिल क्यापिटलले ११ करोड रुपैयाँ सहकारीमा राखेको थियो । जुन पैसा कम्पनीले फिर्ता पाउन सकेको छैन । जसकारण बैंकको करिब ८ करोड रुपैयाँ प्रत्यक्ष रुपमा डुब्ने अवस्थामा पुगेको हो ।

तामाङकी श्रीमती सिर्जना तामाङ क्यापिटलको अध्यक्ष रहेका वेला सो रकम सहकारीमा जम्मा गरिएको थियो । सिर्जना तामाङ १५ मंसिर ०६५ देखि ४ पुस ०७४ सम्म सिभिल क्यापिटलको अध्यक्ष थिइन् । हाल उनी सञ्चालक समिति सदस्य मात्र छिन् । सहकारीको ठगीमा उनी पनि अभियुक्त हुन् । तर, उनलाई सञ्चालकबाट हटाइएको छैन । बैंकको लगानी रहेको कम्पनीसमेत आफ्ना निजी कम्पनी जसरी इच्छाराजले चलाएको, जसका कारण अहिले सिभिल क्यापिटलसमेत समस्यामा परेको बैंकका कर्मचारी बताउँछन् ।

सिभिल क्यापिटलले यसबारे प्रहरीमा उजुरी दिएको छैन । नेपाल राष्ट्र बैंकले समेत यसमा चासो दिएको छैन । प्रहरीमा उजुरी गरे सिभिल क्यापिटलका धेरै जना जेल जाने अवस्था भएकाले उजुरी नदिइएको स्रोत बताउँछ । सो प्रकरण भित्रभित्रै सेटल गर्ने प्रयास भइरहेको छ । आफुले पैसा फिर्ता गर्ने भन्दै सिर्जना तामाङले उजुरी नदिन दबाब दिएकी छिन् । तामाङले सो कम्पनीमा पनि आफ्ना विश्वासपात्रलाई मात्र सञ्चालक र व्यवस्थापनमा राखेकाले नियमविपरीत सहकारीमा पैसा राखेर हिनामिना भएको हो ।सिआइबीले इच्छाराज तामाङलाई पक्राउ गर्दा उनी बैंकका अध्यक्ष थिए । पक्राउ परेपछि प्रतापजंग पाण्डे अध्यक्ष भएका छन् । तर, तामाङलाई सञ्चालकबाट हटाइएको छैन । डिल्लीबजार जेलबाटै उनले बैंकको सञ्चालक बनेर भत्ता लिइरहेका छन् ।

उनको कारण सिभिल क्यापिटल डुब्ने अवस्थामा पुगेको छ । २५ करोड २५ लाख चुक्ता पुँजी भएको सिभिल क्यापिटलमा बैंकको ७० तथा संस्थापक प्रमोटरको १५ र बाँकी १५ प्रतिशत सर्वसाधारणको सेयर छ । मर्चेन्ट बैंकिङ कारोबारको उद्देश्यले यो कम्पनी ०६६ मा स्थापना भएको हो । यति गम्भीर विषयमा राष्ट्र बैंकले समेत अनुसन्धान नगर्नुलाई आश्चर्य मानिएको छ । यस्ता अनियमितताका कारण सिभिल बैंक निकै कमजोर बन्न पुगेको छ ।

उता, तामाङमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । दुई निकायबाट मुद्दा दायर भए पनि सिभिल सहकारीका पीडितले तत्काल न्याय पाउने अवस्था देखिएको छैन । उनका कतिपय सम्पत्ति बैंकले नै रोक्का राखेको छ । तामाङले सिभिल हाउजिङ बेचेको करोडौं सम्पत्ति विदेशमा लुकाएको आशंका गरिएको छ ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।