२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाली सेनाको बुट खरिद टेन्डरमा कसरी भो करोडौंको हिनामिना

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाको बुट खरिदमा करिब चार करोड हिनामिना भएको भेटिएको स्रोतले बताएको छ । टेण्डरमा नवौं नम्बरमा परेको र धेरै रकम कबोल गर्ने कम्पनीलाई सेटिङका आधारमा बुट खरिदको जिम्मा दिइएको छ ।

५२ हजार जोर छालाको कालो जुत्ता खरिदमा अनियमितता भएको हो । महंगो रकम कबोल गर्ने ललितपुरको कर्माचार्य बिजनेश ट्रेडर्सलाई ९ करोड ७३ लाख ९६ हजार भारुमा यसको ठेक्का दिइएको छ । जबकि, अन्य आठ वटा कम्पनीले यो भन्दा सस्तो दररेटमा जुत्ता दिने प्रस्ताव गरेका थिए ।

रोमी सप्लायर्सले सबैभन्दा कम एक हजार दुई सय ८९ रुपैयाँ प्रतिजोरका दरले भारतीय कम्पनी एक्सोफुट वेयरका जुत्ता आपूर्ति गर्ने प्रस्ताव गरेको थियो । तर, प्रतिजोर एक हजार सात सय १३ भारु प्रस्ताव गर्ने कर्माचार्य बिजनेशलाई सो ठेक्का दिइएको छ । जसअनुसार जुत्ता खरिदमा करिब साढे चार करोड रुपैयाँ तलमाथि हुने देखिन्छ । गुणस्तरका नाममा यसरी बुट खरिदमा ठूलो भ्रष्टाचार भएको स्रोतले बताएको छ ।

सेनाले ल्याबमा गुणस्तरसमेत चेक गर्दैन । सेनाकै टिमले आन्तरिक रुपमा कुन गुणस्तीय भएको र कुन कमजोर गुणस्तरको भनेर लगाएर जाँच्ने गर्दछन् । जसकारण बुट खरिदमा हरेक वर्ष ठूलो चलखेल हुँदै आएको छ । यस विषयमा प्रधानसेनापति प्रभुराम शर्मालाई केही थाहासम्म नदिइएको स्रोतले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गर्न नपाउने भएकाले यसरी मनोमानी रुपमा सेनाले ठेक्का गर्दै आएको छ । यस्तो भ्रष्टाचार संगठित हुने गरेको एक सैनिक अधिकारी बताउँछन् ।

विगतमा सेनाले यस्तो खरिदको बोधार्थ रक्षा मन्त्रालयलाई दिने गरेको थियो । तर, हाल मन्त्रालयलाई समेत बोधार्थ दिन छाडेको छ । जसकारण मन्त्रालयबाट अनुगमनसमेत हुने गरेको छैन ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]