१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

दुबईमा अलपत्र परेका ८ जना नेपालीहरु उद्धार म्यानपावर संचालक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ २५, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा युएईमा अलपत्र परेका आठ जना नेपाली युवालाई उद्धार गरिएको छ ।

काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट पर्यटन भिसामा युएई गई अलपत्र परेका आठ जनालाई उद्धार गरी नेपाल ल्याइएको हो ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपाली युवाहरुलाई तत्काल उद्धार गर्न चेतावनी दिएपछि सोही म्यानपावरले उद्धार गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

उद्धार गरिएका नेपाली युवाहरुमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेलधुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र सङ्खुवासभाका सन्तोष चम्लागाई रहेका छन्।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजार रुपैयाँका दरले रकम लिएर युएई पठाएर अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले पक्राउ गरेको थियो ।

त्यस्तै केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानालाई नेपाल फर्काइएको छ। रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई पनि स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!