०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

सशस्त्र प्रहरीका २ जना (डीआईजी) पदावधिका कारण अनिवार्य अवकाश

Logo
प्रकाशित बुधबार, माघ २६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका डीआईजीद्वय मन्दीप श्रेष्ठ र खड्ग राईले डीआईजीको चार वर्षे पदावधिका कारण बुधबार (आज) राति १२ बजेपछि अनिवार्य अवकाश पाउने भएका हुन् ।

डीआईजी श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका छन् भने राई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

श्रेष्ठ र राईको पनि कार्यकाल गत वर्ष नै सकिएको थियो । तर सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था अनुसार उनीहरुको पदावधि लम्बिएको हो । डीआईजी श्रेष्ठ र राईको अवकाश भएपछि सशस्त्रमा अब तीन डीआईजी पद रिक्त हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।