२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वन बिरालो मारेको आरोपमा ५ जना युवाहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २७, २०७८

ABC (क्राईमबिट)
रौतहट । गुजरा नगरपालिका जंगलसहिया नजिकबाट ७ वटा ढाडे (वन) बिरालो मारेको अभियोगमा प्रहरीले पाँच युवकलाई पक्राउ गरेको हो ।

बुधबार साँझ करिब ६ बजेको समयमा जंगलसैया चोकदेखि पश्चिम बाटोमा रातो झोला बोकेर शंकास्पद अवस्थामा हिँडिरहेको अवस्थामा एउटा टोलीलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाको प्रहरी टोलीले चेकजाँच गर्दा मृत अवस्थामा ७ वटा बनबिरालो बरामद भएको थियो ।

झोलामा मृत अवस्थामा ७ वटा वन बिरालो मृत अवस्थामा फेला परेपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिकाका १८ वर्षीय पप्पु बरै, ३५ वर्षीय संजय बरै, १८ वर्षीय अक्षय बरै, १८ वर्षीय सुनील बरै र १८ वर्षी नीरज बरै रहेका छन् ।

पक्राउ पर्नेहरुलाई इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले जंगलसहिया सब डिभिजन वन कार्यालयलाई बुझाएको छ । पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा राखेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]