२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको ३ जना एसपीको काज सरुवा चितवनको प्रहरी प्रमुखमा नवराज अधिकारी

Logo
प्रकाशित शुक्रबार, माघ २८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले चितवन,महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।

यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एकवर्षे कार्यकाल पुरा भएपनि सरुवा भएको थिएन् ।
बाग्मती प्रदेश कार्यालयमा रहेका अधिकारीलाई चितवन, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका पंगेनीलाई महोत्तरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका बिरेन्द्र शाहीलाई बर्दियामा काज सरुवा गरिएको हो ।
चितवनमा रहेका एसपी ओमप्रसाद अधिकारी अख्तियार, महोत्तरीमा रहेका दिनेश आचार्य अपराध महाशाखा र बर्दियामा रहेका ईश्वर कार्कीको प्रहरी प्रधान कार्यालय कार्य विभागमा काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले कपिलवस्तु प्रहरी प्रमुखकाे नेतृत्वगर्दा आफ्नो कार्यकालमा अपराध नियन्त्रण, तस्करी तथा चोरी पैठारी रोकथाम, राजस्व चुहावट नियन्त्रण, फरार अभियुक्त पक्राउ र अपराध अनुसन्धानमा अब्बल नतिजा दिएका अधिकारीलाई चुनौतीपूर्ण मानिएको चितवनको जिम्मेबारी दिएको छ ।

यस्तै महानगरीय अपराध महाशाखामा रहेका एसपी पंगेनीलाई नेपाल भारत सीमा अपराधको थलो मानिने महोत्तरी र बढुवापछि नेतृत्वको अवसर नपाएका शाहीलाई बर्दियाको जिम्मेबारी दिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]