२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

आईतबार देखि रेल चल्ने १० दिनमा उद्घाटन हुदै

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८


(ABC-Sanchar)
जनकपुरधाम । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ ।

रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आज (आइतबार)देखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

महाप्रन्धक झाले अब रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आजदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।

‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ,हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।

यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

काँचुली फेर्दै नेपाल रेल

भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा सिमित हुन पुग्यो ।

मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा बन्द हुने अवस्थामा पुगेको थियो ।

पटक–पटक लिक छोडने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवालाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्युत लगायतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

कुर्था–देखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भईरहेको बताउँदै झाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केहि महिनामै बिजलपुरा सम्म पनि रेल चलाउन सकिन्छ । कुर्था देखि बिजलपुरा सम्मको ट्र्याक निर्माण, स्टेशन, हल्ट निर्माण रुपमा भइसकको छ ।’

जयनगरदेखि कुर्था सम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि १ घण्टामा उक्त दूरी तय गरिने झाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुदाँ बढीमा एक पटकमा एक हजार यात्रु आवत जावत गर्न सकिन्थ्यो’,उनले भने, ब्रोडगेज सेवा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]