२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

हिमालय एयरलाइन्सको गैरजिम्मेवारीले साउदीमा अलपत्र यात्रुहरु

Logo
प्रकाशित आइतबार, फाल्गुण ०१, २०७८


(सुमित बिक)
साउदी । हिमालय एयरलाइन्सको गैरजिम्मेवारीको कारण नेपाल आउन लागेका यात्रूहरु साउदीस्थित बिमानस्थलमै अलपत्र परेका छन् ।

गत बुधबार दिउसो २:१० बजे उडान पूर्वसूचना समेत नदिईएको कारण साउदीस्थित हमाद इन्टरनेशनल एयरपोर्टमै पुगेका यात्रूहरु अलपत्र परेका हुन् ।
हिमालय एयरलाइन्स मार्फत रियाद-काठमाडौँ उडानको तय भएकोमा सबै तयारी सहित एयरपोर्ट पुगेकाहरु नेपाल
आउन नपाएकोमा आक्रो’शित भएका छन् ।

एयरलाइन्सको लापरवाहीको कारण यस्तो अवस्था आएको यात्रूहरुले बताएका छन् । अन्तिम अवस्थामा उडान नहुने भएपछि १५० बढी यात्रुहरुको टिकटको पैसा फिर्ता गरिएको छ तर उडानको सबै तयारी सहित साउदीको बिभिन्न स्थानबाट उडानको लागिएयरपोर्टसम्म आएकाहरुको आउने जाने भाडा तथा पिसिआर परीक्षणको शुल्कको समेत वेवास्ता भएको पिडित यात्रूहरुले बताए । पिडितहरुले बिमानस्थल आते-जाते खर्च र पिसिआरको शुल्क समेत एयरलाइन्सले फिर्ता गर्नुपर्ने माग छ ।

बिमानस्थलसम्मनै आईपुगेका यात्रूहरुलाई अन्तिममा आएर उडान नहुने जानकारी गराएर गैरजिम्मेवार बनेको हिमालय एयरलाइन्ससँग यस सम्बन्धमा जवाफ माग्न खोज्दा सम्बन्धित एयरलाइन्सका अधिकारीहरुले फोन उठाएका छैनन् ।

एयरलाइन्स गैरजिम्मेवार बनेको बिषयमा सामाजिक संजालमा बिभिन्न आलोचना भएका छन् । यस सम्बन्धमा साउदी स्थित दुतावासले समेत कुनै जवाफ दिएको छैन ।

यसैबीच एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण भन्दै अब साउदीको दम्माम र रियादबाट काठमाडौँसम्म जाने-आउने उडान नहुने सूचना जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]