२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीको तथ्यांक अनुुसार लागूऔषध कारोबारी बढदो

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८


ABC (क्राईमबिट)
दाङ । लागूऔषध कारोबारमा संलग्न हुने क्रम उल्लेख्य रुपमा बढेर गएको छ । प्रहरीको तथ्यांक अनुुसार जिल्लाका विभिन्न स्थानबाट लागूऔषधका कारोबारीहरु नियमित रुपमा पक्राउ पर्ने गरेका छन् । जसमा सबैभन्दा बढी तुलसीपुर क्षेत्रबाट पर्ने गरेका छन् ।

छिमेकी जिल्ला बाँके, सल्यान, रुकुम, रोल्पा, सुर्खेत, प्यूठान लगायत जिल्लासंग सिमाना जोडिएकाले लागूऔषध कारोबारको लागि तुलसीपुर ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

तुलसीपुरमा बर्षौदेखि हुदै आएको लागूऔषध कारोबारका घटनालाई नियन्त्रणमा लिन अनेकौ प्रयास गरिए पनि यो चुनौतिका रुपमा देखा पर्दै गएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल सो क्षेत्रबाट चालु आर्थिक वर्षमा हालसम्म ठूलो मात्रामा लागुु औषधसहित ५८ जनालाई पक्राउ गरिरहेको छ । बाँके जिल्ला हुदै विभिन्न ठाउँका लागि ओसारपसार हुने तुलसीपुरलाई कारोबारीले लागूऔषधको ‘हव’ बनाएकोले यसलाई नियन्त्रणमा लिन चुनौती भएको उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]