२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

वैशाख ३० गते १८ वर्ष पुगेकाहरुले पनि मतदान गर्न पाउने सरकारको निर्णय

Logo
प्रकाशित सोमबार, फाल्गुण ०२, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाहरुले मतदानमा भाग लिन पाउँछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संविधानले १८ वर्ष उमेर पूरा गरेको प्रत्येक नेपाली व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यवस्था गरेकाले निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकाहरुले पनि भोट हाल्न पाउने बताए । आगामी वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई तोकिएको मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान गरिएको प्रवक्ता शर्माले बताए । यसअन्तर्गत करिब दुई लाख युवाले मताधिकार प्रयोग गर्न पाउने अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!