२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सशस्त्र प्रहरी कानूनतर्फ डीएसपीको बढुवा प्रक्रिया शुरु ३ दिनभित्र आवेदन भर्नुपर्ने

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीमा साधारण समूह, कानून उपसमूहतर्फका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलमा साधारण समूह, कानून उपसमूहको रिक्त डीएसपी पदमा बढुवाका लागि आइतबार साँझ सूचना प्रकाशित गरेका छन् ।

डीआईजी पौडेलले जारी गरेको सूचनामा साधारण समूह, कानून उपसमूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ३ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । डीआईजी पौडेल बढुवा समितिका सदस्य सचिव हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]