२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाली सेनाले दिएको हतियारका बाकस बाग्मती प्रदेश प्रहरीले खोल्यो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०३, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाली सेनाले प्रहरीलाई सहयोग स्वरुप उपलब्ध गराएका अत्याधुनिक तर पुराना हतियारका बिषयमा बुझ्ने र बुझाउने कार्य सुरु भएको छ । नेपाल प्रहरीको वाग्मती प्रदेश प्रहरी कार्यालयले मंगलबार हातहतियार बारेमा मातहतका वरिष्ठ प्रहरी अधिकृतहरु सहित गणका सिमिति प्रहरीलाई जानकारी गराएको छ । वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाशजंग कार्की आफैले समेत हतियारका बिषयमा जानकारी लिएका थिए ।

नेपाली सेनाले असारमा नेपाल प्रहरीलाई करिब ११ हजार थान हतियार हस्तानान्तरण गर्ने निर्णय अनुसार हतियार उपलब्ध गराएको हो । नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री दिएको हो ।

नेपाली सेनाले प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराएका हतियार केही महिना अघिबाट प्रदेश प्रहरी कार्यालयह?मा पठाइ्रएको हो । यसरी प्रदेशमा पठाएका हतियारमध्ये वाग्मती प्रदेशले एसएमजी (सर्ट मेसिन गन) १०३, इन्सार्स राफल २५० र एलएसडब्लू (लङ्ग मेसिन गन सर्पोट) ८ वटा र एलएमजी (लङग मेसिन गन) २ थान प्राप्त गरेको छ ।

वाग्मती प्रदेश कार्यालयका डीएसपी खड्कबहादुर खत्रीका अनुसार आज प्रदेशका वरिष्ठ प्रहरी अधिकृतहरुलाई मात्र हातहतियारबारे जानकारी गराएको हो । उनले तालिमका लागि प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएपछि त्यस विषयमा निर्णय हुने बताए ।

‘सेनाबाट प्राप्त भएका आधुनिक हातहतियारका बारे प्रदेशका वरिष्ठ प्रहरी अधिकृतलाई मात्रै जानकारी गराइएको हो । हामीले प्राप्त गरेका हतियार चालु अवस्थामै रहेका छन्’ डिएसपी खत्रीले पर्दाफाससँग भने ।

नेपाली सेनाले सरकारको निर्णय अनुसार नेपाल प्रहरीलाई करिब ११ हजार थान साना ठुला हतियार, गोली र त्यसका सामाग्री विभिन्न चरण दिने निर्णय गरेको थियो । सोही बमोजिम असार २१ गते पहिलो चरणमा ३ सय थान हतियार र गोली तथा सामाग्री हस्तानान्तरण गरेको थियो ।

सेनाका अनुसार नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि भनि नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ जेष्ठ १७ गतेको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिइ हतियार हस्तानान्तरण गरेको हो ।

सेनाले प्रहरीलाई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरि १० हजार ८ सय १८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने भएको छ ।

हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन २०७९ साल बैशाख महिनासम्ममा हस्तान्तरण गरिने सेनाले जनाएको छ ।

यस्तै उपलव्ध गराईएका हतियारहरु को मर्मत तथा प्रयोगको तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको सेनाले जनाएको छ । फर्दाफासबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]