२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

काठमाडौं उपत्यकाबाट एमसीसी विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।

एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीको रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न कोसी प्रदेशका प्रहरी प्रमुख समेत रहेका डीआईजी ईश्वर कार्की सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा रहेका डीआईजी कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।

दाङ । भालुवाङ बृहत विद्यालय सुरक्षा गुरुयोजना सम्बन्धी एकदिने कार्यक्रम दाङको देउखुरी भालुवाङमा शुक्रबार सम्पन्न भएको छ । विभिन्न दातृ निकायहरु : नेपाल सरकार, युनिसेफ, नेपाल शिक्षा समुह र भुकम्प प्रविधि राष्ट्रिय समाजको समन्वय तथा सहकार्यमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीको अध्यक्षता […]

दाङ । घोराही भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय नारायणपुरको भवनमा ढुंगामुढा, तोडफोड,लुटपाट तथा चोरी गरी क्षति पुर्‍याउने एक व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । त्यस्तै पक्राउपर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १०,उत्तर अमराई बस्ने वर्ष ३४ […]

error: Content is protected !!