२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौं उपत्यकाबाट एमसीसी विरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण ०४, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि दिनभर प्रदर्शन भयो । प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।

एमसीसीको विरोधमा बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]