१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

निर्वाचन नजिकिदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा चलखेल सुरु

Logo
प्रकाशित शनिबार, फाल्गुण ०७, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । संगठनको आगामी नेतृत्व चयनदेखि अन्य सरुवा बढुवामा चलखेल बढेकोले सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप झन् बढ्ने र यसले सुरक्षा निकायलाई थप कमजोर बनाउने जोखिम देखिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा स्थानीय तह निर्वाचनको मुखमा नेतृत्व परिवर्तन हुँदैछ । दुवै प्रहरीमा नेतृत्व चयनका लागि अहिलेदेखि नै दौडधुप र चलखेल सुरु भइसकेको छ । सरकारले नै चलखेलका लागि माहोल बनाउँदा प्रहरीमा अस्वस्थ गतिविधि बढेको हो ।

सशस्त्र प्रहरीमा आगामी २८ चैतमा नेतृत्व फेरिदैछ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे सेवाअवधि पुरा गरी अवकाश पाउँदैछन् । त्यसपछि तीन हप्ताका लागि उनकै ब्याचका पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक आइजीपी हुनेछन् ।

तर, निर्वाचनको मुखमा तीन हप्ताका लागि आइजीपी नियुक्त गर्न नहुने भनेर समेत लबिइङ भइरहेको छ । खनालसँग महानिरीक्षकको प्रतिस्पर्धामा रहेका केसी सशस्त्र प्रहरी महानिरीक्षकका रुपमा आफ्नो नाम लेखाउने रहरमा छ । तर, उनलाई अर्का एआइजी पौडेलले पनि टक्कर दिइरहेकाले तीन हप्ता आइजिपीमा समेत चलखेल हुने सम्भावना देखिएको छ ।

अर्काेतर्फ, सशस्त्रमा एआइजीको दरबन्दी थप्ने हल्ला फिजाएर सरकारले नै अस्वस्थ गतिविधिलाई प्रोत्साहन दिएको सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् ।

गत साता अवकाश पाएका डीआइजीद्वय खड्ग राई र मन्दीप श्रेष्ठमध्ये एकलाई बढुवा गर्न एआइजीको दरबन्दी थप्ने प्रयास भएको थियो । तर, उनीहरुले गृहमन्त्री बालकृष्ण खाणलाई खुशी बनाउन नसकेपछि त्यो निर्णय भएन । तर, एआइजी थप्ने भनेर हल्ला फिजाएपनि अन्य डीआइजी पनि लबिइङमा लागेका थिए ।

स्रोतका अनुसार हालसम्म त्यससम्बन्धि कुनै प्रक्रिया नै अघि बढेको छैन । ‘हल्ला फिजाएर चलखेल गराउने काम मात्र भयो,’ सशस्त्रका ती अधिकारीले दृष्टिसँग भने ।

सशस्त्र प्रहरीको नेतृत्वमा डीआइजीहरु राजु अर्याल, नारायदत्त पौडेल तथा चन्द्रप्रकाश गौतमबीच सशस्त्र प्रहरी महानिरीक्षकमा प्रतिस्पर्धा हुँदैछ । उनीहरुमध्ये एकलाई अहिले नै एआइजीको एक दरबन्दी थपेर भावी आइजीपीमा पक्का गर्ने भनेर केही बिचौलियाहरु सक्रिय भएका छन् । यसले सशस्त्र प्रहरी नेतृत्व चयनमा आर्थिक चलखेल हुने संकेत देखिएको छ ।

नेपाल प्रहरीमा पनि अवस्था त्यस्तै छ । प्रहरीमा १९ बैशाखमा नेतृत्व परिवर्तन हुनेछ । त्यसका लागि मुख्यगरी दुई एआइजी स्वभाविक प्रतिस्पर्धामा छन् । एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा । दुवै जनालाई तत्कालिन केपी ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो । दुवै जना त्यतिबेला एमाले निकट रहेकोमा अहिले कांग्रेस निकट बन्ने प्रतिस्पर्धामा छन् ।

साथै, उनीहरुकै ब्याचका डीआइजीहरुले पनि दौड जारी नै राखेका छन् । त्यसका लागि एआइजीको दरबन्दी थप्ने प्रयास भइरहेको छ । तर, बढुवाका आकांक्षी धेरै हुँदा गृहमन्त्री बालकृष्ण खाणले प्रस्ताव मन्त्रिपरिषद्मा लैजान सकेका छैनन् ।

हाल एआइजीको तीन दरबन्दी थप्ने प्रयास भइरहेको छ । त्यसमा बढुवाको प्रतिस्पर्धामा एक दर्जन डीआइजी छन् । धीरजप्रताप सिंह, उत्तमराज सुवेदी र रवीन्द्र धानुक तीन पदका मुख्य दाबेदार हुन् । उनीहरुमध्ये धानुकलाई अर्थमन्त्रीको साथ छ तर गृहमन्त्रीले रुचाएका छैनन् ।

साथै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचका घनश्याम अर्याल, ईश्वरबाबु कार्की, बसन्त पन्त लगायत पनि अवकाशअघि बिशिष्ट श्रेणीमा जाने महत्वाकांक्षामा छन् । बसन्त लामा, दिवेश लोहनी, अरुण बिसी लगायतको पनि प्रयास छँदैछ । गठबन्धन सरकार भएकाले आकांक्षीहरुले विभिन्न नेतामार्फत लबिङग गरिरहेका छन् । जसकारण बढुवा रोकिएको छ । एआइजीमै यति धेरै चलखेल हुनुले आइजीपी बढुवा झन् पेचिलो बन्ने निश्चित छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको जेनजी घटनाका सन्दर्भमा राजनीतिक नेतृत्वसहित सुरक्षा निकायका प्रमुखहरूको नामै किटेर कारवाही सिफारिस गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, र अन्य सुरक्षा निकायका प्रमुखहरूलाई फौजदारी कारबाही सिफारिस गरेको छ । तर, आयोग ड्युटीमा खटिएका प्रहरीलाई […]

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एक महिनापछि महानिरीक्षक (आईजीपी) पद रिक्त हुँदैछ। हालका सशस्त्र प्रहरी महानिरीक्षक अबको ठिक एक महिना अर्थात् वैशाख १८ गते आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्। सशस्त्र प्रहरीमा ३० वर्षे सेवा अवधिको व्यवस्था भए पनि आईजीपी अर्याल २८ वर्षमै अवकाश हुन लागेका हुन्। अर्याल २०७९ वैशाख १८ गते […]

error: Content is protected !!