२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पोखरामा सिनेमा हल र रात्रीकालिन ब्यापार व्यावसायि संचालनमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०७, २०७८


(ABC-Sanchar)
पोखरा । कास्की जिल्लामा कोरोना सङ्क्रमणमा कमी आएपछि प्रशासनले यसअघि रोक लगाएका व्यवसाथ तथा सेवा सञ्चालनको अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी पछिल्ला दिनमा जिल्लाको सङ्क्रमण दरमा कमी आएकाले यसअघिको आदेशमा सञ्चालन रोक लगाइएका व्यवसायलाई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी खुला गरिएको जनाएको हो ।

प्रशासनले सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, फुटसल, पटके बजार, स्पा सेन्टर र व्यूटीपार्लरलगायत पेशा व्यवसाय खोल्न अनुमति दिएको हो ।

 

यसैगरी डान्सबार, दोहोरी, नाचघर, क्लब र रेष्टुरेण्टलगायत रात्रीकालीन व्यवसाय तोकिएका स्वास्थ्य सुरक्षा मापण्ड पालना गरी राति १२ बजेसम्म सञ्चालन हुने गरी खुला गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

उनका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकले जिल्लामा थप सेवा तथा व्यवसाय सञ्चालन गर्ने सक्ने गरी अनुमति दिने निर्णयानुसार रात्रीकालीन व्यवसाय खुला गरिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण रोकथाम तथा नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन भन्दै प्रशासनले गत पुस अन्तिम सातादेखि जिल्लामा निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

पछिल्लो समय कोरोना घट्दै गएपछि गत फागुन १ गतेदेखि विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न प्रशासनले अनुमति दिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!