०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

६ राजनीति दलको एमसीसीविरुद्ध आइतबार संसद भवन घेर्ने तयारी

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहँदा विभिन्न ६ कम्युनिष्ट पार्टीले आज संसद भवन घेर्ने भएका छन् ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवनका साथै देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीको शनिबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा काठमाडौं उपत्यकाको हकमा आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उल्लेख छ ।

विज्ञप्तिमा अमेरिकी राजदूत ¥याण्डी बेरीका ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र एमसीसी संसदबाट पारित गराउने नेपाल सरकारको अन्तिम कसरतले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको उल्लेख छ ।
एमसीसीलाई जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनता रक्षाको सवालमा आफूहरु आन्दोलन गरिरहेको र जनसंघर्षको कार्यक्रमलाई व्यापक बनाउने कर्तव्य हुन आएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!