२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

६ राजनीति दलको एमसीसीविरुद्ध आइतबार संसद भवन घेर्ने तयारी

Logo
प्रकाशित आइतबार, फाल्गुण ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरिरहँदा विभिन्न ६ कम्युनिष्ट पार्टीले आज संसद भवन घेर्ने भएका छन् ।

नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आज संसद भवनका साथै देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने जनाएको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीको शनिबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा काठमाडौं उपत्यकाको हकमा आज माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँबानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने उल्लेख छ ।

विज्ञप्तिमा अमेरिकी राजदूत ¥याण्डी बेरीका ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र एमसीसी संसदबाट पारित गराउने नेपाल सरकारको अन्तिम कसरतले एमसीसी विरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको उल्लेख छ ।
एमसीसीलाई जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनता रक्षाको सवालमा आफूहरु आन्दोलन गरिरहेको र जनसंघर्षको कार्यक्रमलाई व्यापक बनाउने कर्तव्य हुन आएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]