०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा

Logo
प्रकाशित बुधबार, फाल्गुण ११, २०७८


(ABC-Sanchar)
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ ।

आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा कम्पनीमार्फत् बिमा गर्नेछ । ५० प्रतिशतभन्दा बढी स्वेशी स्वामित्व भएका तथा कालोसूचीमा नपरेका कम्पनीलाई १६ फागुनभित्र प्रस्ताव पेस गर्न भनिएको छ ।

क-कसको हुँदैछ बिमा ?

आयोगका अनुसार ९ सय जनाको १०४ दिनको बिमा हुँदैछ । जसमा निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयका कर्मचारी ९काज, स्थायी र करारसमेत० पर्छन् । त्यस्तै, ६ हजार ७७७ जना मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीको बिमा हुनेछ । उनीहरूको बिमा भने ७० दिनको मात्र हुनेछ । ९४ हजार कर्मचारीको १५ दिने बिमा हुनेछ । जसमा मतदान केन्द्रमा खटिने कर्मचारी पर्छन् । मतगणनामा खटिने ९ हजार ३६ कर्मचारीको भने १० दिनको बिमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!