२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

पल शाहले अडियोसहित खुलाए आफूलाई फसाउने व्यक्तिहरु दुर्गेश थापासहित ४ जनाको नाम

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८


(ABC-Sanchar)
काठमाडौं । बलात्कारको आरोप खेपीरहेका कलाकार पल शाहले नयाँ रहस्य खोलेका छन् । उनले बिहीबार सामाजिक संजाल फेशबुकमा आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै सप्रमाण केही अडियोहरु पेस गरेका छन् ।

उक्त अडियोमा गायिका समिक्षा अधिकारीलाई उकास्ने प्रयत्न गरिएको पाइएको छ । जसमा गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँको आवाज छ । उनीहरुले समिक्षासहितकाे टोली बनाएर पललाई फसाउने योजनानै बनाएको पाइएको छ ।

अडियो अनुसार पल र समीक्षाको समझदारी हुने हुने अवस्था रहेको बेला दुर्गेश थाासहितको समूहले समीक्षालाई उकास्ने प्रयत्न गरेको देखिन्छ ।

अडियोमा टाेलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोही देखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’

उक्त अडियोमा आफूहरु पर्दा पछाडि रहने र समिक्षाले नै सबै काम गर्नु पर्ने भनिएको छ । कलाकार पल शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा उजुरी परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!