२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

काठमाडौं महानगरीय प्रहरीले कलाकार पल शाहलाई पक्राउ पुर्जीसहित खोज्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

(ABC-Sanchar)
काठमाडौं । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँले उनको खोजतलासमा सहयोग गरिदिन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । पललाई पक्राउन गर्न काठमाडौंमा पत्राचार गरिएको तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

उनको खोजीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र केन्द्रिय अनुसन्धान ब्यूरोको टोली परिचालन गरिएको छ । पल नेपाली चलचित्र तथा म्यूजिक भिडियोका लोकप्रिय अभिनेता हुन् । उनीमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप छ । घटनास्थल तनहुँ भएको हुनाले नाबालिगका परिवारले तनहुँ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध जाहेरी दिएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]