
ABC (क्राईमबिट)
चितवन । प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।
उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका बिषयमा छानबिन भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले इलाका प्रहरी कार्यालय खैरेनीका इन्चार्ज प्रहरी निरीक्षक सुवास भट्टको कमाण्डमा रहेको टोलीले विशेष सूचनाका आधारमा ट्रक चालकसहित नियन्त्रणमा लिएको बताए ।
चितवन प्रहरीका अनुसार ना ६ ग ११३, ना ६ ग ११६६, ना ६ ग ५०६१ र ना ७ ह ९२३४ नम्बरका ट्रकमा अवैध सामाग्री तस्करी भइरहेको हो । प्रहरीले भन्सार भुक्तान नगरेका र बिल बिजक नभएका सामाग्रीको मूल्याँकन गरिरहेको एसपी अधिकारीले बताए ।