२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

लुम्बिनी प्रदेशमा सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य सम्बन्धि तालिम

Logo
प्रकाशित शुक्रबार, फाल्गुण १३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा बिहिबार सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण बाँकेमा महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम र भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार तालिम आयोजना गरेको छ ।

सो प्रशिक्षणमा नेपाल एपिएफ अस्पतालका गाईनोकोलोजी अन्कोलोजीष्ट प्रा.सशस्त्र प्रहरी उपरीक्षक डा.सौजन्य कर्मचार्य लगायतको टिमले रोगको उपचार विधि तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउन सक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा तथा भी.आई.ए., भी.आई.एल.आई. जाँच,सोको पहिचान र उपचारका साथै महिलाको पाठेघर सम्बन्धी रोगको उपचारमा प्रयोगमा आउने उपकरण सम्बन्धी बिषयमा बिस्तृत जानकारी प्रदान गरे ।

सो प्रशिक्षणमा सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँके, सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण बाँके, नं.३१ गण बर्दिया, नं.४२ रिजर्भ गण सम्शेरगन्ज, नेपाल ए.पि.एफ.स्कुल बाँके र मध्यपश्चिम क्षेत्रिय अस्पताल कोहलपुर बाँकेमा कार्यरत महिला सशस्त्र प्रहरी तथा भु.पु.महिला कर्मचारीहरुका आश्रित महिला सदस्यहरु, स्थानिय महिला दिदिबहिनीहरु गरी ११८ जनाको सहभागिता रहेको थियो ।

सोहि अवसरमा लुम्बिनी प्रदेशका सशस्त्र प्रहरी बल, नेपालका एकाईहरुमा एम.आई.रुममा कार्यरत स्वास्थ्यकर्मी, र स्थानीय क्लिनिकका स्वास्थ्यकर्मीहरु गरी २१ जनालाई भी.आई.ए., भी.आई.एल.आई.जाँच तथा पहिचान र उपचार सम्बन्धि तालिम प्रदान गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले महिलाहरुको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उदेश्यले उक्त तालिम तथा जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!