२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१२ वर्षीया बालिका बलात्कारपछि हत्या गर्ने १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, फाल्गुण १४, २०७८

ABC (क्राईमबिट)
विराटनगर । मोरङ लेटाङ नगरपालिका-८ की १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी-१२ वर्षीय राईको बलात्कारपछि हत्या गरेको आरोपमा ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको हो ।

गत बुधबार साँझ स्कुलबाट घर फर्किने क्रममा लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र गिरीले बलात्कारपछि बालिकाको हत्या गरेको मोरङ प्रहरी प्रमुख जर्नादन जिसीले बताएका छन् ।

‘स्कुलबाट घर फर्कने क्रममा बालिकाको बलात्कारपछि हत्या गरेको देखिन्छ,’ जिसीले भने,‘ घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् ।’

उनका अनुसार बालिका स्कुल आऊ/जाऊ गर्दा गिरीको घरको बाटो जानुपर्छ । बुधबार साँझ स्कुलबाट फर्कने क्रममा बाटो छेकेर बलात्कारपछि हत्या गरेको देखिएको छ ।

स्कुलबाट घर फर्किने क्रममा हराएकी करुणाको शुक्रबार बिहान शव गाडेको अवस्थामा भेटिएको थियो । मृतकको शव नाङ्गो अवस्थामा थियो । ढुङ्गाले थिचेर लुकाएको शव शरीरको विभिन्न भागमा चोटपटक छ । उनका अनुसार बालिका जाते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।

‘बालिकाको मुख थुनेर हत्या गरेपछि ढुङ्गाले थिचेर हिँडेको बयानको क्रममा स्वीकार गरेका छन्,’उनले भने,‘ थप अनुसन्धान जारी छ ।’ पक्राउ परेका गिरीको केही समय अघि मृत्यु भएको थियो ।
उनको शव पोस्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]