ABC (क्राईमबिट)
बाँके । आफ्नै घरमा राति सुतिरहेको बेला १४ वर्षिय बालिका आफ्नै २८ वर्षिय काकाबाट बलात्कृत भएका हुन ।
घटना फागुन ३ गते भएको भएतापनि फागुन १२ गते मात्र इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको प्रहरीले जनाएको छ ।
पिडित बालिका कोहलपुरमा काकाको घरमा आफ्नो हजुरबुवा हजुरआमासंगै बस्दै आएकी आफ्नै काकाबाट बलात्कृत हुन पुगेकी छिन । उनको बुवा आमा भने रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन ।
बलात्कर गर्ने काका र घरका अन्य सदस्यको डर, धम्की, दबाबमा बसेकी बालिका स्थानियको सहयोगमा फागुन १२ गते मात्र इप्रका कोहलपुरमा उजुरी दिएकी थिइन ।
सोही दिन नै पिडित बालिकाको स्वास्थ्य परीक्षण गराएर बालिकालाई संरक्षणको लागि साना हातहरु नेपाल नेपालगन्जमा पठाएको कोहलपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बालिकालाई उनको घरम पठाउने अवस्था नरहेपछि साना हातहरु नेपाल भन्ने एक संस्थामा नेपालगन्जमा पठाइएको हो ।
काठमाडौंको एक कम्पनीमा सवारी चालकको रुपमा कार्यरत काका घर आएको बेला बालिकालाई डरधम्की देखाएर राती १२ बजे बलात्कार गरेका बालिकाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालय डिएसपी रबिन्द्र खनालका अनुसार, बलात्कार गरेको उजुरी पारे लगत्तै थप अनुसन्धान र अरोपितको खोजी कार्य भइरहेको छ । उनी विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । अनुसन्धानबाट अरोपित काठमाडौंमा रहेको कुरा छ ।
‘छिट्टै पक्राउ गर्छाैँ’ उनले भने ।
पिडित बालिको पहिचान खुल्ने हुनले आरोपित काका को नाम खुलाइएको छैन ।