२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

कोहलपुरमा १४ वर्षिय एक बालिका आफ्नो काकाबाट बलात्कृत

Logo
प्रकाशित आइतबार, फाल्गुण २२, २०७८

ABC (क्राईमबिट)
बाँके । आफ्नै घरमा राति सुतिरहेको बेला १४ वर्षिय बालिका आफ्नै २८ वर्षिय काकाबाट बलात्कृत भएका हुन ।

घटना फागुन ३ गते भएको भएतापनि फागुन १२ गते मात्र इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको प्रहरीले जनाएको छ ।

पिडित बालिका कोहलपुरमा काकाको घरमा आफ्नो हजुरबुवा हजुरआमासंगै बस्दै आएकी आफ्नै काकाबाट बलात्कृत हुन पुगेकी छिन । उनको बुवा आमा भने रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन ।

बलात्कर गर्ने काका र घरका अन्य सदस्यको डर, धम्की, दबाबमा बसेकी बालिका स्थानियको सहयोगमा फागुन १२ गते मात्र इप्रका कोहलपुरमा उजुरी दिएकी थिइन ।

सोही दिन नै पिडित बालिकाको स्वास्थ्य परीक्षण गराएर बालिकालाई संरक्षणको लागि साना हातहरु नेपाल नेपालगन्जमा पठाएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बालिकालाई उनको घरम पठाउने अवस्था नरहेपछि साना हातहरु नेपाल भन्ने एक संस्थामा नेपालगन्जमा पठाइएको हो ।

काठमाडौंको एक कम्पनीमा सवारी चालकको रुपमा कार्यरत काका घर आएको बेला बालिकालाई डरधम्की देखाएर राती १२ बजे बलात्कार गरेका बालिकाले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालय डिएसपी रबिन्द्र खनालका अनुसार, बलात्कार गरेको उजुरी पारे लगत्तै थप अनुसन्धान र अरोपितको खोजी कार्य भइरहेको छ । उनी विरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ । अनुसन्धानबाट अरोपित काठमाडौंमा रहेको कुरा छ ।
‘छिट्टै पक्राउ गर्छाैँ’ उनले भने ।

पिडित बालिको पहिचान खुल्ने हुनले आरोपित काका को नाम खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]