२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

अबैध डेढ करोड रुपैयाँसहित हुण्डी कारोबारी २ काठमाडौंबाट जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका -१३ ताहचल मख्खनमा बिमला इन्टरनेशनल प्रालि नामको संस्था सञ्चालन गरी हुन्डी कारोबार गर्ने बिक्की खड्गी र भारतीय नागरिक अमितकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले राजस्व छली गैरकानुनी रुपमा हुन्डफमार्फत वित्तीय कारबार गर्दै आइरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले अग्रवाल बस्ने घरको गेट अगाडिबाट आइतबार खड्कीलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा अन्य अपराधबारे खुल्न आएको प्रहरीले जनाएको छ। अग्रवाल नेपालमा नक्कली गरगहनाको होलसेल कारोबारीसमेत हुन्।

खड्कीले प्रहरीसँगको बयानमा कालीमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारीबाट ५० लाख रुपैयाँ लिई अग्रवालको कोठामा पुर्‍याइदिएको बताएपछि प्रहरीले अग्रवालको कोठा खानतलासी गरेको थियो। कोठा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि ‍राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]