०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

अबैध डेढ करोड रुपैयाँसहित हुण्डी कारोबारी २ काठमाडौंबाट जना पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । अवैध हुन्डी कारोबारमा संलग्न दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका -१३ ताहचल मख्खनमा बिमला इन्टरनेशनल प्रालि नामको संस्था सञ्चालन गरी हुन्डी कारोबार गर्ने बिक्की खड्गी र भारतीय नागरिक अमितकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले राजस्व छली गैरकानुनी रुपमा हुन्डफमार्फत वित्तीय कारबार गर्दै आइरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्। प्रहरीले अग्रवाल बस्ने घरको गेट अगाडिबाट आइतबार खड्कीलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा अन्य अपराधबारे खुल्न आएको प्रहरीले जनाएको छ। अग्रवाल नेपालमा नक्कली गरगहनाको होलसेल कारोबारीसमेत हुन्।

खड्कीले प्रहरीसँगको बयानमा कालीमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारीबाट ५० लाख रुपैयाँ लिई अग्रवालको कोठामा पुर्‍याइदिएको बताएपछि प्रहरीले अग्रवालको कोठा खानतलासी गरेको थियो। कोठा खानतलासी गर्दा एक करोड ५० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि ‍राजश्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!