२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटियो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-SANCHAR) वालिङ । नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ । मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको उनले बताए । मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ । घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!