२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

स्याङ्जाको वालिङमा चितुवाको बच्चा मृतावस्थामा भेटियो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-SANCHAR) वालिङ । नगरपालिका–१३ लेटास्थित गोरेटो बाटोमा सोमबार साँझ मृतावस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अन्दाजी पाँच महिनाको जस्तो देखिने चितुवाको ढाडमा चोट लागेको छ । मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय वालिङबाट गएको प्रहरी टोलीले मृत चितुवालाई सबडिभिजन वन कार्यालय वालिङमा बुझाएको उनले बताए । मृत चितुवाको लम्बाइ ३२ इञ्च, उचाइ १३ इञ्च र गोलाइ ११ इञ्च रहेको जनाइएको छ । घटनास्थलमा पुगेर फर्केसँगै प्रहरीले थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।