२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

प्रहरीले तनहुँबाट कलाकार पल शाहलाई गैंडाकोट लगियो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-SANCHAR)
काठमाडौं । नाबालिगलाई जबरजस्ती करणी गरेका आरोपित अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको छ ।

मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । बलात्कारको जाहेरी तनहुँ प्रहरीमा दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दिएकाले बयानका लागि त्यहाँ पुर्याइएको हो ।

यो मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी दिलिप गिरीले जानकारी दिए । शाहविरुद्ध गत फागुन १६ गते किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् ।

बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैंडाकोटमा गीत छायाङ्कनका क्रममा गत वर्ष चैत ७ गते एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छन । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]