२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

लमजुङमा किन लागेयो बिहानैदेखी अनिश्चितकालीन कर्फ्यू ?

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । सुन्दरबजार नगरपालिका–९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यू जारी गरेको हो ।

छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका ७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका ९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेट अगाडीको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।
मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!