२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालमा एमसीसी खारेजको माग गर्दै हिमाल सुरक्षा परिषदले सशस्त्र युद्धको घोषणा

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
काठमाडौ । नेपालमा हिमाल सुरक्षा परिषद नामक एक समुहले सशस्त्र युद्धको घोषणा गरेको छ । हिमाल सुरक्षा परिषद बताउने उक्त समुहले हतियारको तस्विरसहित युद्धकोे घोषणा गरेको हो । नेपालमा सनातन हिन्दुराष्ट्र हुनुपर्ने, एमसीसी खारेज हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने लगायत २० बुँदे माग अघि सारेर युद्ध घोषणा गरेको पूर्वेली न्यूजलाइ प्राप्त ईमेलमा जनाइएकाे छ ।

उनीहरुले हतियारको तस्विर समेत समेत ईमेलमा प्राप्त भएकाे छ । तर, इमेलमा प्रप्त हतियार उनीहरुको नभई गुगलबाट मार्फत डाउनलोड गरि डराउन, धम्काउने, जनमानसमा त्रास फैल्याउने उद्देश्य राखेको देखिन्छ । उनीहरुले पठाएकाे गरेको तस्विरलाई गुगलमा सर्च गर्दा सेन्सर डटनेट censor.net मार्फत तस्विर डाउनलोड गरी पठाएकाे देखिन्छ ।
तर, उक्त समुहले यो हतियार आफूहरुकै भएजसरी विज्ञप्ती निकालेको छ ।उनीहरुले २०४७ सालको संविधान लागु हुनुपर्ने माग समेत राखेका छन् । अध्यक्षको हस्ताक्षर भएपनि नाम भने छैन ।पुर्वीली-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]