२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बर्दियामा आगलागी हुँदा १ जना १४ वर्षीय युवकको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
बर्दिया । नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ ।

मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो।

फागुन २४ गते अन्दाजी राती १० बजेको समयमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने सानु चौधरीको टिनले छाएको दुई कोठे एक तले कच्ची घरमा अचानक आगलागी भएको आगलागी हुँदा सानु चौधरीको श्रीमति र छोरी छिमेकीको घरमा गएको र बर्ष १४ को दिनेश चौधरी घर भित्र एक्लै सुतिरहेका थिए ।

अचानक आगलागि भएको भनि खबर प्राप्त हुनासाथ १० मिनेट भित्र प्र.चौ.कतर्नियाघाट तथा ई.प्र.का.मोतिपुर बाट प्रहरी टोली उक्तस्थानमा पुग्यो । स्थानीयबासी, प्रहरी र दमकलद्वारा उक्त आगो लगभग १ घण्टापछि नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]