२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

बर्दियामा आगलागी हुँदा १ जना १४ वर्षीय युवकको मृत्यु

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

(ABC-SANCHAR)
बर्दिया । नगरपालिका वडा नं. ९ खैरेनी बस्ने १४ वर्षीय युवक दिनेश चौधरीको आगलागीबाट घरभित्र जली मृत्यु भएको छ ।

मृतकको लाश पोष्ट मार्टमको लागि बर्दिया अस्पताल गुलरिया राखिएको अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेम वहादुर शाहीले बताउनु भयो।

फागुन २४ गते अन्दाजी राती १० बजेको समयमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ९ खैरेनी बस्ने सानु चौधरीको टिनले छाएको दुई कोठे एक तले कच्ची घरमा अचानक आगलागी भएको आगलागी हुँदा सानु चौधरीको श्रीमति र छोरी छिमेकीको घरमा गएको र बर्ष १४ को दिनेश चौधरी घर भित्र एक्लै सुतिरहेका थिए ।

अचानक आगलागि भएको भनि खबर प्राप्त हुनासाथ १० मिनेट भित्र प्र.चौ.कतर्नियाघाट तथा ई.प्र.का.मोतिपुर बाट प्रहरी टोली उक्तस्थानमा पुग्यो । स्थानीयबासी, प्रहरी र दमकलद्वारा उक्त आगो लगभग १ घण्टापछि नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!