०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

उदयपुरमा ठेकेदार र वन अध्यक्षको मिलेमतोमा सामुदायिक वनको ढुंगा उत्खनन

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


(ABC-SANCHAR)
उदयपुर । त्रियुगा नगरपालिका-१४ धाप्लाङ–बाजगरास्थित दुधकोसी किनारमा सामूदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारकोे मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ ।

कानुनी प्रक्रिया पुरा नगरी अबैध रुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको रहस्य खुलेको हो । गोल्डेनगुट कन्स्ट्रक्सन जेभी गाईघाटका सञ्चालक सुमन्त कोइराला र जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बृखबहादुर मगर बीचको मिलेमतोमा अबैध ढुंगा उत्खनन भइरहेको छ । सो क्षेत्रमा सञ्चालित क्रसरको लागि सय मिटर पूर्वत्तर क्षेत्रमा रहेको जंगल क्षेत्रको ढुंगा उत्खनन गरी क्रसरमा प्रयोग भइरहेको छ । ढुंगा उत्खनन बारे अध्यक्ष मगरले भने, ‘यो बाटो बेल्टार जानेबाटो हो, त्यहाँ अलिकति साघुरो पनि भएकोले ठेकेदार सुमन्त कोइरालाले मागेको मागेकै गरेपछि हामी समिति र आम उपभोक्ताको निर्णयले ३ लाख रुपैया दिने शर्तमा उत्खनन गर्न दिएका हौं ।

ठेकेदार कोइरालाले भने, ‘त्यहाँका वन समितिकोले बाटो फाराकिलो हुन्छ ढुंगा खन्नु की खन्नु भनेकाले मात्र आफूले खनेको हो । त्यसबापत मैले ३ लाख रुपैयाँ पनि दिएको छु ।´ बाटो बनाइ दिने बहानामा ठूलो प्राकृतिक सम्पदा नै नष्ट र भूक्षय तथा पहिरोको जोखिम बढ्न सक्ने स्थानीयबासीले बताए । तर ठेकेदारले दिने भनिएको रकमको चेक एक जना व्यक्ति कर्णबहादुर तामाङको नाममा दिएकाले उसैले सो चेक राखेको पनि अध्यक्ष मगरले बताए । चेक आगामी चैत ५ गतेभित्र पैसा जम्मा गर्ने शर्तमा दिएको अध्यक्ष मगरले बताए ।

कति घन मिटर, कति क्षेत्रफलसम्म उत्खनन गर्न दिने भन्ने टुंगो नै नभए पनि यति यहाँसम्म भनेर देखाइएको छ त्यति मात्र खन्ने हो, अध्यक्ष मगरले बताए । सो विषयमा वडाध्यक्ष कुरुङ राईलाई भने कुनै जानकारी नभएको बताए । उनले भने, ‘मलाई जानकारी नभएको भन्दा ठेकेदार सुमन्त कोइरालाले चाही फोन मार्फत सामान्य जानकारी गराएको थियो । तर विस्तृत जानकारी त्यहाँका स्थानीय वन उपभोक्ता समितिहरुसँग सामाजिक रुपमा छलफल भएको छैन, अब विस्तारै सो बारेमा बुझ्नेछु । सो विषयमा डिभिजन वन कार्यालय उदयपुरका प्रमुख अम्बिकाप्रसाद पौडेललाई कुनै जानकारी नभएको बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!