ABC (क्राईमबिट)
हेटौंडा । उपमहानगरपालिका १६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो।
उक्त सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।