२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल प्रहरीको ३ जना एआईजीमा सिंह धानुक पन्त बढुवामा सिफारिस

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८


ABC (क्राईमबिट)
काठमाडौ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

स्रोतका अनुसार सिंह, धानुक र पन्तलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ । अहिले मानवश्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

बढुवा सिफारिस भएका ३ जना एआईजीहरूले प्रहरी महानिरीक्षक बन्न विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र रवीन्द्र धानुक कार्य विभागमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!