२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीको ३ जना एआईजीमा सिंह धानुक पन्त बढुवामा सिफारिस

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८


ABC (क्राईमबिट)
काठमाडौ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

स्रोतका अनुसार सिंह, धानुक र पन्तलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

बढुवा सिफारिस भएका एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्युरोमा पदस्थापन गरिने छ । अहिले मानवश्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।

बढुवा सिफारिस भएका ३ जना एआईजीहरूले प्रहरी महानिरीक्षक बन्न विश्वराज पोखरेल र सहकुल थापासँग प्रतिस्पर्धा गर्नेछन् । वर्तमान आईजीपी शैलेश थापा क्षेत्री २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् । बढुवा सिफारिस गरिएका धिरज प्रताप सिंह केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत छन् । वसन्त पन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र रवीन्द्र धानुक कार्य विभागमा कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]