२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

चक्काजामको भिडियो बनाएको भन्दै १ जना पत्रकार र २ जना युबटुबर पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

ABC (क्राईमबिट)
मोरङ । पत्रकार र दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ । मोरङ सुन्दर हरैँचा ७ की डेढ बर्षीया नाबालिकको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेको भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आन्दोलनसहित चक्काजाम गरेको भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका ११ जना स्थानीयहरुलाई प्रहरीले हिजो साँझ मोरङको गछियाबाट पक्राउ गरी रातभर हिरासतमा थुनेको हो । पक्राउ परेकी पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन् ।

मोरङ प्रहरीले पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ । पक्राउ परेका पत्रकारहरुले पीडित नाबालिकाको आमाबाबुको नाम नै किटाएर समाचार बनाएको प्रहरीले आरोप लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!