ABC (क्राईमबिट)
मोरङ । पत्रकार र दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ । मोरङ सुन्दर हरैँचा ७ की डेढ बर्षीया नाबालिकको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेको भिडियो खिचेको आरोपमा मोरङ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आन्दोलनसहित चक्काजाम गरेको भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका ११ जना स्थानीयहरुलाई प्रहरीले हिजो साँझ मोरङको गछियाबाट पक्राउ गरी रातभर हिरासतमा थुनेको हो । पक्राउ परेकी पत्रकार राई पूर्वी कमाण्ड अनलाइनकी पत्रकार हुन् ।
मोरङ प्रहरीले पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ । पक्राउ परेका पत्रकारहरुले पीडित नाबालिकाको आमाबाबुको नाम नै किटाएर समाचार बनाएको प्रहरीले आरोप लगाएको छ ।