२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी हुन् : डिएसपी अर्याल

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

ABC (क्राईमबिट)
दाङ । तुल्सीपुर शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुरका कक्षा ११ र १२ मा अध्ययनरत कानुन संकायका विद्यार्थीहरुसंग ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुधवार अन्तर्कृया गरेको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले प्रहरी-नागरिक बिचको सम्बन्ध नङ र मासु जस्तै भएको बताउनु भयो। वर्तमान परिस्थितिमा प्रहरी बिना समाजको परिकल्पना गर्न नसकिने उहाँको भनाइ थियो। समाजमा बस्ने हरेक व्यक्ति वर्दी बिनाको प्रहरी हुन्। समग्रमा समाजमा सद्भाव र शान्ति कायम गर्न जति नेपाल प्रहरीको भूमिका छ, त्यो भन्दा बढी समाजमा बस्ने नागरिकको पनि त्यति नै दायित्व हुन्छ त्यसैले प्रहरी र नागरिक बिचको सुमधुर सम्बन्धलाई अझै मजबुत बनाउन एकदम अपरिहार्य रहेको उहाँको धारणा थियो। केही बर्ष अगाडीको नेपाल प्रहरी र अहिलेको प्रहरी-नागरिक बिचको सम्बन्ध झन् उदाहरणीय बन्दै गएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो। वास्तवमा प्रहरी र नागरिक बिचको समधुर सम्बन्धले नै लागुऔषध, गुण्डागर्दी, बालविवाह, हिंसा, अत्याचार, हत्या, बलात्कार, चोरी-डकैती तथा महिला-बालबालिका माथि हुने बिभिन्न प्रकारका हिंसालाई निराकरण गर्न निकै टेवा पुग्ने भएकोले नागरिकले अझै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन समेत जरुरी रहेको कुरामा उहाँले जोड दिनुभयो। विद्यालयका शैक्षिक संयोजक शरद गौतमको अध्यक्षतामा भएको अन्तर्कृया कार्यक्रममा अतिथी वक्ता अर्यालले सामाजिक संजालमा देखिएको विकृति संगै बढ्दो साईवर क्राईम, लागु औषध दुर्व्यसनले समाजमा पारेको नकारात्मक प्रभाव लगायत बिभिन्न विषयमा पनि प्रकाश पार्नुभएको थियो। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, कानुन बिषयका शिक्षक उत्तम भण्डारी र सोमराज बस्नेत लगायतको सहभागिता रहेको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक तुफानबाबु श्रेष्ठले गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!