
ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलीको अवैध सामान बरामद गरेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक स्थितबाट भन्सार छली गरि ल्याएका लत्ता कपडा, हार्डवेयरका सामान गरी अन्दाजी मुल्य ३,४४,९००।– (तिन लाख चवालिस हजार नौ सय)
रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो। बरामदका सामान थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।