०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको कोहलपुरबाट हराएको मोटरसाइकल काठमाडौंमा फेला

Logo
प्रकाशित शनिबार, चैत्र ०५, २०७८

(सागर थापा)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सीसीको पल्सर एन एस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

सिंहले बुधबार यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र A वर्गको परिक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङको रहेको समेत पत्ता लागेको छ । सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका सिंहलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यकाका प्रहरी प्रमुख एआइजी ईश्वर कार्कीले सम्पन्न भएको एनपीएल खेल र नेकपा एमालेको महाधिवेशन कार्यक्रमलाई सभ्य र मर्यादित बनाउन सुरक्षा योजना लिएर फिल्डमा खटिएका प्रहरी कर्मचारीहरूलाई धन्यवाद दिएका छन्। एआईजी कार्कीले नेपाल प्रहरीले बनाएको सुरक्षा योजना अनुसार फिल्ममा खटेर आफ्नो जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गरेको भन्दै एसएसपीदेखि जवानसम्मका कर्मचारीलाई धन्यवाद दिएका छन्।

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

error: Content is protected !!