२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बाँकेको कोहलपुरबाट हराएको मोटरसाइकल काठमाडौंमा फेला

Logo
प्रकाशित शनिबार, चैत्र ०५, २०७८

(सागर थापा)
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई काठमाडौंको स्वयम्भू भुईखेलबाट नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले कालिकोट महाबी गाउँपालिका वडा नं. २ घर भई भक्तपुर सल्लाघारी बस्ने वर्ष २३ को पञ्च बहादुर सिंहलाई कोहलपुर बाँकेबाट हराएको प्रदेश ३-०२, ००३ प २४७३ नम्वरको कालो रंङको २०० सीसीको पल्सर एन एस मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

सिंहले बुधबार यातायात व्यवस्था कार्यालय बागमतीले संचालन गर्दै आएको गुर्जुधाराबाट सवारी चालक अनुमति-पत्र A वर्गको परिक्षामा जिल्ला बाँके खजुरा वडा नं. ३ बस्ने कबिन्द्र शाहीको नागरिकता प्रमाण पत्रमा आफ्नो फोटो टाँस गरी प्रयोगात्मक परिक्षा दिएको समेत खुल्न आएको छ ।

वास्तविक नम्बर भे १० प ४३६२ खुल्न आएको सो मोटरसाइकल आशिष गुरूङको रहेको समेत पत्ता लागेको छ । सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारी समेत दिई सकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका सिंहलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी वृत्त, थानकोट पठाइएको महाशाखाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!