२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

दाङमा १६०० म्यादी प्रहरीहरुको लागि चैत ६ गतेदेखि फारम भर्दै युवा-युबतीहरु

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


ABC (क्राईमबिट)
दाङ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा पनि आजदेखि म्यादी प्रहरीको फारम भर्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय घोराहीमा इच्छुकहरु म्यादी प्रहरीका लागि युवा आवेदन दिन आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

फारम भरेका मध्यबाट छनोट गरि दाङमा कुल १ हजार ६ सय बढीको भर्ना गरिने एसपी काफ्लेले बताए ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले फारम भर्न पाउने ब्यबस्था गरिएको छ । यो म्याद चैत ११ गतेसम्म रहने छ ।

म्यादीका लागिपनि प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड तोकिएको छ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन गराउन ४० दिनका म्यादी प्रहरी राख्न लागिएको हो ।

जस्का लागि सरकारले १ लाख जना म्यादी प्रहरी भर्ना गर्न खोजेको छ ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुने छ।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावमा खटाउने छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० बाट उपदान र निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश र उपदानमा निस्किएका ब्यक्ति, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने सरकारी मापदण्डमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!