२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

दाङमा १६०० म्यादी प्रहरीहरुको लागि चैत ६ गतेदेखि फारम भर्दै युवा-युबतीहरु

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


ABC (क्राईमबिट)
दाङ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दाङमा पनि आजदेखि म्यादी प्रहरीको फारम भर्न थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय घोराहीमा इच्छुकहरु म्यादी प्रहरीका लागि युवा आवेदन दिन आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

फारम भरेका मध्यबाट छनोट गरि दाङमा कुल १ हजार ६ सय बढीको भर्ना गरिने एसपी काफ्लेले बताए ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले फारम भर्न पाउने ब्यबस्था गरिएको छ । यो म्याद चैत ११ गतेसम्म रहने छ ।

म्यादीका लागिपनि प्रहरी जवान सरह स्वास्थ्य मापदण्ड तोकिएको छ । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन गराउन ४० दिनका म्यादी प्रहरी राख्न लागिएको हो ।

जस्का लागि सरकारले १ लाख जना म्यादी प्रहरी भर्ना गर्न खोजेको छ ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ। चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरू हुने छ।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर चुनावमा खटाउने छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ९एपीएफ० बाट उपदान र निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश र उपदानमा निस्किएका ब्यक्ति, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने सरकारी मापदण्डमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!