२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न मिल्दैन : काँग्रेस प्रबक्ता महत

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

(ABC=SANCHAR)
बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगंजमा गरेको पत्रकार भेटघाटमा नेता महतले गठबन्धनको मोडालिटी भने तयार भइ नसकेको बताए ।

स्थानीय तहको परिस्थितिका आधारमा पार्टीको केन्द्रीय समितिले नीति बनाउने र सोही नीति अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

अहिले शुद्ध निर्णय प्रक्रियामा नपुगुञ्जेलसम्म पार्टीलाई बलियो पार्ने, र बढीभन्दा बढी जनतालाई नेपाली कांग्रेससँग जोड्ने लक्ष्य हुनुपर्ने उनको तर्क थियो ।
काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गते बस्ने हुँदा त्यसैले कसरी जाने भन्ने दिशा निर्देश गर्ने उनले स्पष्ट पारे । उनले चैत महिना भित्र स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने कोशिस हुने बताए ।

सत्तामा पुगेर पार्टीको नीति, कार्यक्रम लागु गर्ने र जनताप्रति समर्पित हुनका लागि पार्टी निर्माण गरेको उल्लेख गर्दै कांग्रेस कुनै क्लब नभएको प्रवक्ता महतले प्रष्ट्याए।

एमसिसीका विषयमा विपक्षी दलले भ्रमको खेती गरेको महतले आरोप बताए । एमसिसी अनुदान विकास सहयोग मात्र भएको र यो नेपालको आवश्यकता अनुसार सहयोग स्वरुप आएको उनले दाबी गरे । कार्यक्रम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीको अध्यक्षतामा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!