०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

निर्वाचनमा गठबन्धनको सम्भावनालाई नकार्न मिल्दैन : काँग्रेस प्रबक्ता महत

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

(ABC=SANCHAR)
बाँके । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले स्थानीय तह निर्वाचन लक्षित गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगंजमा गरेको पत्रकार भेटघाटमा नेता महतले गठबन्धनको मोडालिटी भने तयार भइ नसकेको बताए ।

स्थानीय तहको परिस्थितिका आधारमा पार्टीको केन्द्रीय समितिले नीति बनाउने र सोही नीति अनुसार अगाडि बढ्ने उनले जानकारी दिए ।

अहिले शुद्ध निर्णय प्रक्रियामा नपुगुञ्जेलसम्म पार्टीलाई बलियो पार्ने, र बढीभन्दा बढी जनतालाई नेपाली कांग्रेससँग जोड्ने लक्ष्य हुनुपर्ने उनको तर्क थियो ।
काँग्रेसको केन्द्रीय समिति बैठक चैत ११ गते बस्ने हुँदा त्यसैले कसरी जाने भन्ने दिशा निर्देश गर्ने उनले स्पष्ट पारे । उनले चैत महिना भित्र स्थानीय तहका उम्मेदवारको टुंगो लगाउने कोशिस हुने बताए ।

सत्तामा पुगेर पार्टीको नीति, कार्यक्रम लागु गर्ने र जनताप्रति समर्पित हुनका लागि पार्टी निर्माण गरेको उल्लेख गर्दै कांग्रेस कुनै क्लब नभएको प्रवक्ता महतले प्रष्ट्याए।

एमसिसीका विषयमा विपक्षी दलले भ्रमको खेती गरेको महतले आरोप बताए । एमसिसी अनुदान विकास सहयोग मात्र भएको र यो नेपालको आवश्यकता अनुसार सहयोग स्वरुप आएको उनले दाबी गरे । कार्यक्रम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वलीको अध्यक्षतामा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!