०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

महानगरीय ट्राफिक एसएसपी जोशीद्वारा नागरिकमैत्री व्यवहार तालिमको उद्‍घाटन

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले उक्त अनुशिक्षण तालिमको उद्‍घाटन गरेका हुन् ।

उक्त अवसरमा एसएसपी जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गरे ।

उनले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए ।
आगामी दिनमा प्रहरी कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसंग गरिने आचरण, व्यबहारलाई थप शिष्ट, सभ्य र मर्यादित बनाई सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने कुरा समेत एसएसपी जोशीले बताए ।

जम्मा ५ दिन कार्यअवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २८ जना गरी कुल ३५ (८ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महाशाखाले जनाएको छ ।

उक्त तालिममा नागरिक मैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृत्ति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य आदि विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!