२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

महानगरीय ट्राफिक एसएसपी जोशीद्वारा नागरिकमैत्री व्यवहार तालिमको उद्‍घाटन

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी हवल्दार/प्रहरी जवान लक्षित ‘नागरिक मैत्री सेवा तथा मानवअधिकार विशेष अनुशिक्षण’ महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा आज आइतबार एक कार्यक्रमकाबीच उद्घाटन भएको छ । महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले उक्त अनुशिक्षण तालिमको उद्‍घाटन गरेका हुन् ।

उक्त अवसरमा एसएसपी जोशीले यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीहरुको वृत्ति विकासमा महत्वपूर्ण भूमिका खेल्नुका साथै नागरिकहरूसँग गर्ने व्यवहारमा थप सुधार हुने उल्लेख गरे ।

उनले ट्राफिक प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी सङ्गठनकै छवि उच्च हुने भएकाले आम नागरिकलाई गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जनउत्तरदायी ट्राफिक प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न प्रशिक्षार्थीहरूलाई उनले निर्देशन दिए ।
आगामी दिनमा प्रहरी कर्मचारीहरुबाट सडक र कार्यालयमा आउने सेवाग्राहीसंग गरिने आचरण, व्यबहारलाई थप शिष्ट, सभ्य र मर्यादित बनाई सेवा प्रवाहलाई पारदर्शी, सरल, सहज एवं प्रभावकारी हुने कुरा समेत एसएसपी जोशीले बताए ।

जम्मा ५ दिन कार्यअवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ७ जना र प्रहरी जवान २८ जना गरी कुल ३५ (८ महिला सहित) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको महाशाखाले जनाएको छ ।

उक्त तालिममा नागरिक मैत्री व्यवहार, सामाजिक समावेशीकरण, लैङ्गिक सचेतना, मानव अधिकार, स्थानीय संस्कृत्ति, परम्परा, भाषा तथा प्रचलनको सम्मान सहितको प्रहरी कार्य आदि विविध विषयका स्रोत व्यक्ति तथा विषय विज्ञद्वारा सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गर्दै तालिमलाई वैज्ञानिक र स्तरिय ढंगले संचालन गरिने कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]