०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

डीआईजीहरू भड्काउने एआईजी पाल र एसएसपी सिंहको घिन लाग्दो हर्कत यस्तो

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरिबहादुर पालको उक्साहटमा तीन जना नायब महानिरीक्षकहरू (डीआईजी)ले उजुरी गर्न पुगेको खुलासा भएको छ ।

अबको एक महिनामा अनिर्वाय अवकासमा जान लागेका एआईजी पालले एआईजी बढुवामा भाँजो हाल्न डीआईजी घनश्याम अर्याललाई उचालेर लोकसेवा आयोगको उजुरी सुन्ने सचिवालयमा उजुरी दिएको स्रोतले जनाएको छ ।

डीआईजी घनश्याम अर्याल एआईजी पालको उक्साहटमा उजुरी दिन पुगेपछि डीआईजीद्वय प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की पनि पछिपछि लागेर उजुरी दिन पुगेको उच्च स्रोतको भनाइ छ ।

गृह मन्त्रालयले डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजी बढुवामा सिफारिस गरेको थियो । मन्त्रिपरिषदबाट एआईजीमा बढुवा गर्ने बेला एआईजी हरिबहादुर पाल र एसएसपी अशोक सिंहको हर्कतले नेपाल प्रहरीभित्र तनाबको स्थिति बनेको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै सुदूरपश्चिमको नाता लगाएर शैलेस थापा क्षेत्रीलाई हटाएर पाल आफू आईजीपी बन्न खोजेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले पालको कुरामा रुचि नदेखाएपछि जिल परेर रानीपोखरीमा थन्किएका छन् ।

आईजीपी थापासँगै पाल पनि वैशाख २० गतेतिर उमेर हदका अनिर्वाय अवकासमा जाँदैछन् ।

तीन जना डीआईजीलाई उचालेर उजुरी गर्न पठाएका पालको योजनाले घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की तनाबको अवस्थामा पुगेका छन् ।

अहिले उनीहरू एआईजी पालको उक्साहटमा लागेर नेपाल प्रहरीको चेनअफ कमाण्ड भत्काउने कार्य गरेको भनेर पछुताएका छन् ।

यी तीन जना डीआईजीलाई उजुरी गर्न उचालनेमा एसएसपी अशोक सिंह पनि छन् । एआईजी पाल र एसएसपी सिंहबीच निकै घनिष्ट सम्बन्ध छ । पाल र सिंह मिलेर तीन जना असन्तुष्ट डीआईजीहरूलाई उचालेको स्रोतले जनाएको छ ।

एसएसपी सिंहले काठमाडौं प्रहरीको प्रमुख हुँदा कीर्ते काण्डका तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिन प्रतिवेदन बनाएका थिए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई खुसी बनाउन एसएसपी सिंहले विवादित व्यक्ति सिलवाललाई सफाइ दिन ठूलो भूमिका खेलेका थिए ।

एआईजीको बढवा प्रकरणमा पालसँग मिलेर चलखेल गरेपछि आफू एसएसपीबाट डीआईजीमा बढुवा हुन सहज हुने सिंहको बुझाइ छ । चेक काण्डमा परेका एसएसपी सिंह विवादित प्रहरी अधिकारी मानिन्छन् ।
रि-पब्लिका दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!