०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

काठमाडौं । हत्या गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–९ का विश्वराज पोखरेल आपराधिक षड्यन्त्र रचेको अभियोगमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई म्याग्दीबाट नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट म्याग्दी प्रहरीसँग समन्वय गरी पोखरेललाई पक्राउ गरिएको हो । हरिवन ११ का अर्जुन रायमाझी भनिने सिद्धीबहादुर रायमाझीले गत पुस २१ गते पोखरेलविरुद्ध दरर्खास्त दिएका थिए । पोखरेलले आफ्नो ज्यान लिने षड्यन्त्र रचेको भन्दै रायमाझीले दरर्खास्त दिएका प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार दरखास्त परेसँगै सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पोखरेललाई पक्राउ गरिएको हो । पक्राउपछि उनीमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । साभर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!