२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ-सल्यान सडकखण्ड, आवागमन बन्द

Logo
प्रकाशित बुधबार, चैत्र ०९, २०७८

दाङ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डमा सुख्खा पहिरो गएपछि आवागमन बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो !

सल्यानको कपुरकोट–३ चोरखोलानजिक छाँगामा सडक निर्माण कार्य भइरहेका बेला बुधबार बिहान सुख्खा पहिरो झरेको थियो । पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्काभेटरका अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

पहिरो झरेको ठाउँमा अर्काे स्काभेटर भएपनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्काे स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]