२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

डिआइजीको नाममा पैसा असुली

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

(एबिसि सञ्चार )                                                         कर्णाली प्रदेश प्रहरी कार्यालयभित्र केही बदनाम प्रहरीका कारण बेथिती बढेको छ । कार्यालयले केही दिनमा प्रहरी कर्मचारीको आन्तरिक सरुवा गर्दैछ। यस्तो सरुवामा समेत आर्थिक चलखेल भक्ष्रहेको छ । प्रदेश कार्यालय सुर्खेतमै कार्यरत प्रहरी कर्मचारीबाट नै जवानको सरुवा गरिदिए बापत पैसाको माग्न थालिएको गुनासो प्रहरीले गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेत कर्मचारी प्रशासन शाखामा कार्यरत सई लोकेन्द्र चन्द र यादव महराको मिलेमतोमा मातहतका प्रहरी युनिटमा कार्यरत प्रहरी जवानहरुको हुम्ला÷डोल्पा सरुवा गरिदिने भन्दै पैसा माग्न थालिएको हो । सो बापत एक लाख रकम दिए सरुवा गरिदिने र नत्र जुम्ला÷कालिकोट÷मुगु सरुवा गरिदिने भन्दै मातहतबाट पैसा माग्न थालिएको हो । डिआइजी गणेश ऐरको समेत नाम बेचेर दुई सइले मातहतका प्रहरीलाई यातना दिन थालेका छन् । तर, यसबारे डिआइजीलाई जानकारी नभएको बताइन्छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!