२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डिआइजीको नाममा पैसा असुली

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

(एबिसि सञ्चार )                                                         कर्णाली प्रदेश प्रहरी कार्यालयभित्र केही बदनाम प्रहरीका कारण बेथिती बढेको छ । कार्यालयले केही दिनमा प्रहरी कर्मचारीको आन्तरिक सरुवा गर्दैछ। यस्तो सरुवामा समेत आर्थिक चलखेल भक्ष्रहेको छ । प्रदेश कार्यालय सुर्खेतमै कार्यरत प्रहरी कर्मचारीबाट नै जवानको सरुवा गरिदिए बापत पैसाको माग्न थालिएको गुनासो प्रहरीले गरेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय,सुर्खेत कर्मचारी प्रशासन शाखामा कार्यरत सई लोकेन्द्र चन्द र यादव महराको मिलेमतोमा मातहतका प्रहरी युनिटमा कार्यरत प्रहरी जवानहरुको हुम्ला÷डोल्पा सरुवा गरिदिने भन्दै पैसा माग्न थालिएको हो । सो बापत एक लाख रकम दिए सरुवा गरिदिने र नत्र जुम्ला÷कालिकोट÷मुगु सरुवा गरिदिने भन्दै मातहतबाट पैसा माग्न थालिएको हो । डिआइजी गणेश ऐरको समेत नाम बेचेर दुई सइले मातहतका प्रहरीलाई यातना दिन थालेका छन् । तर, यसबारे डिआइजीलाई जानकारी नभएको बताइन्छ ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]