(एबिसि संचार ) जिल्लाको बडिगाड खोलामा आज बिहान एक युवकको शव भेटिएको छ ।
प्रहरीका अनुसार रुरुक्षेत्र गाउँपालिका–५ का २३ वर्षका किरण गिरीको शव उक्त खोलामा भेटिएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलका अनुसार उनी हिजो दिउँसो रमौदीमा पर्ने सो खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।साभार