२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बजारमा खुसी एकलौटी लिएर आए गायक रविन बिष्ट

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८


(ABC=SANCHAR)
दाङ । खुसी एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो,
आँशु एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो।
नेपाली सुगम संगीतको यात्रामा आफ्नो नविन गीतको गायनसंगै आएका छन् गायक रविन बिष्ट। सल्यान जिल्लाको सदरमुकाम खलंगाका स्थाई वासिन्दा उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन्। गीत हो ‘खुसी एकलौटी’। ‍‍
भनिन्छ नि ‘मान्छे एक, प्रतिभा अनेक।’ मानिसमा अनेक प्रतिभाहरु लुकेर, खुम्चिएर वा पारिस्थितिक अवस्थाले गर्दा सिर्जनाको मूल फुट्न दिएको हुँदैन। समय कुनैबेला आउने रहेछ र त्यो यही समय भयो उनका लागि। श्रोता र दर्शकको लागि सुन्ने र हेर्नेगरी गीतको भिडियो पनि रिलिज भयो।
लगाव राखे, झुकाव राखे र कर्म गरे फल अवश्य पाईन्छ भन्ने मान्यता राख्ने गायक रविनलाई सुगम संगीतको यात्रामा अगाडी बढाउन गीतकार यादव उपाध्यायको गीत प्राप्त हुनु, संगीतकार तथा गायक चेतन राईसंगको सहकार्य र पुराना गायक तथा उनको जीवनका पूर्वार्धका दिनका शैक्षिक गुरु लक्ष्मण राई लगायतको हौसलाले महत्वपूर्ण भूमिका खेल्यो।
गीतलाई चेतन राईको अफिसियल युट्यूव च्यानलबाट रिलिज गरिएको छ। गीतमा चर्चित युवा गायक चेतन राईले संगीत दिएका छन्। एरेन्ज सूर्य रुम्बाको रहेको छ भने अभिनयमा प्रनिमा दाहाल र प्रायदीप राईलाई देख्न सकिन्छ। श्रृंगार दीया रिजालले गरेकी हुन्। सहायक क्यामेरामेन विशाल थापा, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् भने क्यामरा, भिडियो सम्पादन तथा निर्देशन फराज अर्पणको रहेको छ। यसको प्राविधिक पक्ष विशाल राईले हेरेका छन्।
भिडियोको प्रस्तुतकर्तामा मुना बिष्ट रहेकी छन्। निर्माण पक्षले गीतको भिडियो हेरेर कलाकारलाई हौसला प्रदान गर्न र नेपाली गीत संगितलाई माया गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!