२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
×

बजारमा खुसी एकलौटी लिएर आए गायक रविन बिष्ट

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८


(ABC=SANCHAR)
दाङ । खुसी एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो,
आँशु एकलौटी कहाँ हुन्छ
तिम्रो पनि हो मेरो पनि हो।
नेपाली सुगम संगीतको यात्रामा आफ्नो नविन गीतको गायनसंगै आएका छन् गायक रविन बिष्ट। सल्यान जिल्लाको सदरमुकाम खलंगाका स्थाई वासिन्दा उनी पेशाले स्वास्थ्य क्षेत्रमा आवद्ध रहेका युवा स्रष्टा हुन्। गीत हो ‘खुसी एकलौटी’। ‍‍
भनिन्छ नि ‘मान्छे एक, प्रतिभा अनेक।’ मानिसमा अनेक प्रतिभाहरु लुकेर, खुम्चिएर वा पारिस्थितिक अवस्थाले गर्दा सिर्जनाको मूल फुट्न दिएको हुँदैन। समय कुनैबेला आउने रहेछ र त्यो यही समय भयो उनका लागि। श्रोता र दर्शकको लागि सुन्ने र हेर्नेगरी गीतको भिडियो पनि रिलिज भयो।
लगाव राखे, झुकाव राखे र कर्म गरे फल अवश्य पाईन्छ भन्ने मान्यता राख्ने गायक रविनलाई सुगम संगीतको यात्रामा अगाडी बढाउन गीतकार यादव उपाध्यायको गीत प्राप्त हुनु, संगीतकार तथा गायक चेतन राईसंगको सहकार्य र पुराना गायक तथा उनको जीवनका पूर्वार्धका दिनका शैक्षिक गुरु लक्ष्मण राई लगायतको हौसलाले महत्वपूर्ण भूमिका खेल्यो।
गीतलाई चेतन राईको अफिसियल युट्यूव च्यानलबाट रिलिज गरिएको छ। गीतमा चर्चित युवा गायक चेतन राईले संगीत दिएका छन्। एरेन्ज सूर्य रुम्बाको रहेको छ भने अभिनयमा प्रनिमा दाहाल र प्रायदीप राईलाई देख्न सकिन्छ। श्रृंगार दीया रिजालले गरेकी हुन्। सहायक क्यामेरामेन विशाल थापा, प्रोडक्सन म्यानेजरमा बिक्रम तामाङ रहेका छन् भने क्यामरा, भिडियो सम्पादन तथा निर्देशन फराज अर्पणको रहेको छ। यसको प्राविधिक पक्ष विशाल राईले हेरेका छन्।
भिडियोको प्रस्तुतकर्तामा मुना बिष्ट रहेकी छन्। निर्माण पक्षले गीतको भिडियो हेरेर कलाकारलाई हौसला प्रदान गर्न र नेपाली गीत संगितलाई माया गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुकुम पश्चिम । ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक वडा अध्यक्ष पक्राउ परेका छन्। प्रहरीका अनुसार रुकुम पश्चिममा ड्युटीमा खटिएको प्रहरी टोलीलाई हातपात तथा आक्रमण गरेको आरोपमा वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको हो। यसअघि पनि रुकुममा यस्तै घटना हुँदा प्रहरीमाथि कोदालो प्रहार समेत भएको थियो र एक प्रहरी हवल्दार घाइते भएका थिए। त्यस्तै मुसिकोटमा […]

काठमाडौं । दसैंमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भएपछि नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म उक्त सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो। निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं रुटमा ट्रेलरलगायत ठूला मालवाहक सवारी चलाउन पाइने छैन। दसैंका बेला यात्रुवाहक […]

भारी बर्षा पछी डुबान काठमाडौंको नक्साल नागपोखरीको ताजा अवस्था, काठमाडौं । मनसुन बाहिरिने क्रममा भए पनि वायुमण्डलमा अझै पर्याप्त आद्रता भएकाले छोटो समयमै भारी वर्षा भइरहेको छ। यस्तो अवस्थामा नक्साल, नागपोखरी जस्तो सहरी क्षेत्रमा एकैछिनको पानीले पनि सडक जलमग्न र डुबान हुन्छ। यो काठमाडौं उपत्यकाको निकास प्रणालीको पुरानै समस्या हो। – जल तथा मौसम विज्ञान […]