२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सशस्त्र प्रहरीको फेरि रोकियो बढुवा

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

गृह मन्त्रालय र सशस्त्र प्रहरी नेतृत्वबीचको विवादले सशस्त्र प्रहरीमा बढुवा प्रक्रिया रोकिएको छ । गृह मन्त्रालय र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।

सशस्त्रमा हालै तल्लो तहका एक सय ७४ दरबन्दी कटौती गरेर माथिल्लो तहका एक सय १२ दरबन्दी थपिएको थियो । त्यसमा संगठन तथा व्यक्तिलाई हेरेर प्राविधिकतर्फ धेरै पद थपिएको थियो । इन्सपेक्टरबाट डिएसपी बढुवा हुन १६ वर्षभन्दा धेरै अवधि लाग्ने अवस्था आएपछि केही दरबन्दी थपिएकोमा स्वार्थको टकरावले ती पदमा बढुवा समेत सिफारिस हुन सकेको छैन । सशस्त्रमा साधारण उपसमूहतर्फ तीन एसएसपी, २८ एसपी तथा एक सय २४ डिएसपीको दरबन्दीमा बढुवा हुन नसेको हो । त्यस्तै, कानून र लेखातर्फ पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन । सशस्त्रमा खागरी लेखामा व्यक्तिलाई लक्षित गरी दरबन्दी थपिएको स्रोत बताउँछ ।

एसपी र डिएसपीमा बढुवाका लागि एक महिनाअघि नै सूचना प्रकाशन भएको थियो । त्यही सूचनाका आधाराम बढुवा गर्न मिल्ने कि नमिल्ने भन्ने विवादमा बढुवा समिति बैठक नै बस्न नसकेको बताइएको छ । तर, खासमा गृह मन्त्रालयले आफ्नो सूचीअनुसार बढुवा गर्न खोजेको छ भने सशस्त्र महानिरीक्षक खनालको सूची छुट्टै छ । महानिरीक्षक खनालले अवकाश पाउन लागेकाले उनीमाथि हाबी हुने गृह मन्त्रालयको रणनीति छ । जसले गर्दा बैठक बस्न नसकेको हो । महानिरीक्षक खनालको कार्यकाल अब १७ दिन मात्र बाँकी छ ।

विवादकै कारण १९ महिनासम्म गण र बिओपीका इन्चार्ज पनि फेरिएका छैनन् । जसले सशस्त्र प्रहरीमा विकृती बढेको छ। लेखापालको सरुवा पनि विवादकै कारण रोकिएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!