२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

(एबिसि संचार )                                            काठमाडौंको बुढानिलकण्ठमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २४ वर्षीया लक्ष्मी तामाङ (थापा) को हत्या गरेको अभियोगमा बिहीबार राती बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारीका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका हुन् ।


घरायसी विवादका कारण भक्तले धारिलो हतियार प्रहार गरी लक्ष्मीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । भक्तको प्रहारबाट गम्भीर घाइते भएकी लक्ष्मीलाई चुनिखेलस्थित करुणा अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीको भनाई छ ।



आक्रमणलगत्तै फरार रहेका थापालाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीको संयुक्त टोलीले हतियारसहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!