१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेपाल प्रहरीको ३६ डीएसपीको सरुवा स्याङ्जामा खनाल र कोहलपुरमा मल्ल

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

(सागर थापा) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ । केही महिना अघि मात्र मल्ल जिल्ला ट्राफिक बाँकेको ट्राफिक प्रमुख हुँदा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!