२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

नेपाल प्रहरीको ३६ डीएसपीको सरुवा स्याङ्जामा खनाल र कोहलपुरमा मल्ल

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

(सागर थापा) काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक डीएसपीको सरुवा गरेको छ । सरुवा सूचीअनुसार ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख रबिन्द्र खनालको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी प्रबक्तामा जिम्मेवारी दिईएको छ । यस्तै प्रहरी प्रधान कार्यालय काठमाडौंबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी प्रमुखमा डिएसपी ऐन बहादुर मल्लको सरुवा भएको छ । केही महिना अघि मात्र मल्ल जिल्ला ट्राफिक बाँकेको ट्राफिक प्रमुख हुँदा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएर प्रहरी प्रधान कार्यालयमा सरुवा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!